Logo
१९ जेष्ठ २०८२, आईतबार
(April 17, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षा ऐन जारी गर्न माग गर्दै चर्किँदै शिक्षक आन्दोलन (तस्वीरहरू)

४ वैशाख, काठमाडौँ। शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले काठमाडौं केन्द्रित गर्दै आएको आन्दोलन थप चर्किँदै गएको छ । देशभरका शिक्षकहरू जम्मा भएर बिहीबार आन्दोलनलाई थप चर्काउँदै लगेका हुन् ।

उनीहरुको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा बिहीबार पनि यातायात सेवा ठप्प छ । उनीहरुले पूरै सडक ढाकेर प्रदर्शन गरिरहेकाले यातायात सेवा प्रभावित भएको हो ।

शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा शिक्षक तथा कर्मचारीहरुले २० चैतदेखि काठमाडौंमा केन्द्रित आन्दोलन गरिरहेका छन् ।

मन्त्रिपरिषद् र मन्त्रालयबाट सम्बोधन गर्न सकिने शिक्षकका मागका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ बुँदे प्रस्ताव तयार गरेपनि नेपाल शिक्षक महासंघले असहमति जनाउँदै आएको छ । उनीहरूले आन्दोलनलाई पहिलाभन्दा थप शसक्त बनाउँदै गरेका छन् । शिक्षकहरू माइतीघर-बबरमहल-बिजुलीबजार सडक ढाकेरै प्रदर्शनमा उत्रिएका छन् ।

प्रकाशित मिति: Apr 17, 2025

प्रतिक्रिया दिनुहोस्