Logo
१९ जेष्ठ २०८२, आईतबार
(April 15, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुडानको शरणार्थी शिविरमा विद्रोहीको आक्रमणमा परी ४ सय बढीको मृत्यु

अल–फशर — सुडानको विद्रोही समूहले एक शरणार्थी शिविरमा आक्रमण गर्दा ४ सय भन्दा धेरैको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघले विश्वासिलो सुत्रलाई उदृत गर्दै उक्त दाबी गरेको छ ।

यूएनका अनुसार उक्त आक्रमण सुडानमा सक्रिय विद्रोही गुट र्‍यापिट सपोर्ट फोर्स (आरएसएफ)ले गरेको हो ।

गत साता मात्रै आरएसएफले अल–फशर सहर नजिक रहेका शरणार्थीको शिविरमा स्थलमार्ग र हवाई आक्रमण गरेको थियो ।

सुडानमा विद्रोही गुट आरएसएफ र सुडानको सेनाबीच दारफूरमा कब्जाका लागि युद्ध जारी छ । दुवैबीच २०२३ अप्रिलमा सत्तालाई लिएर रक्तपातपूर्ण संघर्ष चलिरहेको छ ।

जस कारण लाखौं मानिसहरु आफ्नो घरबाट विस्थापित हुन बाध्य छन् । संयुक्त राष्ट्रले बहीबार र शनिबारको बीचमा १४८ जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।

प्रकाशित मिति: Apr 15, 2025

प्रतिक्रिया दिनुहोस्