Logo
२९ जेष्ठ २०८२, बुधबार
(April 3, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौँ महानगरका कार्यकारी ढोका फुटाएर गए कार्यकक्षमा (तस्बिरहरू)

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं ढोका फुटाएर आफ्नो कार्यकक्षमा प्रवेश गरेका छन्।

नगर प्रहरीको अवरोधका बाबजुद काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं बिहीबार कार्यालय पुगेका हुन्।

आजै गुरागाईं पुगेपछि उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बैठक बसेको थियो। छलफलमा वडाध्यक्षहरू पनि सहभागी थिए। तर महानगर प्रमुख बालेन्द्र शाह भने उपस्थित भएनन्।

गुरागाईंलाई रोक्न भनी मेयर शाहले बिहानैदेखि कार्यालय परिसरमा नगर प्रहरी परिचालन गरेका थिए। तर कर्मचारीहरूको समूहले प्रहरीको अवरोध पन्छाउँदै गुरागाईंलाई कार्यालय छिराएका हुन्।

प्रकाशित मिति: Apr 3, 2025

प्रतिक्रिया दिनुहोस्