प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ महानगर कार्यालमा प्रवेश
काठमाडौं, २१ चैत । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ कार्यालय प्रवेश गरेका छन् । केही जनप्रतिनिधिसहित कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई महानगर प्रहरीको सुरक्षा घेरा तोडेर उनलाई कार्यालय प्रवेश गराएका हुन् ।
कानुनविपरीत कार्य गरेको र उचित कारबाही गरिनुपर्ने भन्दै महानगर प्रमुख बालेन्द्र शाहले प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई प्रवेश रोक लगाएका थिए । प्रमुख प्रशासकीय अधिकृतको अभावमा काठमाडौं महानगरका कर्मचारीहरुले तीन महिनादेखि तलब पाएका छैनन् ।
काठमाडौं भ्यूटावरको नक्सा पास प्रक्रियामा अनियमितता गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई महानगर प्रमुख शाहले कारबाही गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई रोक्न मेयर शाहले महानगर प्रहरीलाई खटाएका थिए । अन्ततः मेयर शाह आफ्नो योजनाबाट असफल भएका छन् ।