Logo
३१ जेष्ठ २०८२, शुक्रबार
(April 3, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रमुख प्रशासकीय अधिकृतलाई रोक्न महानगर प्रहरी परिचालन

२१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई रोक्न महानगर प्रहरी परिचालन गरिएको छ ।

गुरागाईं बिहीबार महानगरपालिकाको कार्यालयमा काममा फकर्ने तयारीमा थिए । उनी काममा फर्कने भएपछि महानगर प्रहरी तैनाथ गरेर उनलाई गेटमै रोक्न खोजिएको हो ।

महानगरपालिकाले भने आधिकारिक प्रक्रिया पूरा नगरी नक्सा पार गरेको भन्दै उनीमाथि छानबिन समेत गरेको थियो र जिम्मेवारीबाट हटाएको थियो ।

यता, महानगरका कर्मचारीहरूले भने सरकारले गुरागाईंलाई नै पठाएकाले हाजिर गर्न लगाएर काममा खटाउने पर्ने माग गरेका छन् ।

समाधानको मुख्य मियो मेयर बोलन शाह भएकाले उनी आफैं आएर यो समस्याको समाधान गर्नुपर्ने प्रदर्शनमा उत्रिएका कर्मचारीहरुको माग छ ।

उनीहरूले प्रमुख प्रशासकीय अधिकृतको गाडीमा समेत मेयरको निर्देशनमा महानर प्रहरीले ह्वील लक गरेको दाबी गरेका छन् ।

प्रकाशित मिति: Apr 3, 2025

प्रतिक्रिया दिनुहोस्