Logo
१७ बैशाख २०८२, बुधबार
(March 20, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खेलकुदमन्त्री चौधरीलाई पार्टी कार्यालयमै कालो झण्डा

काठमाडौँ । कांग्रेस नेता तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पार्टी कार्यकर्ताले कालो झण्डा देखाएका छन् । कार्यकर्ताहरूले मन्त्री चौधरीलाई कालो झण्डा देखाउँदै उनको राजीनामाको मागसमेत गरेका छन् ।

कांग्रेस कार्यकर्ताहरूले ओलम्पिक कमिटीमा विवाद निम्त्याएको भन्दै मन्त्री चौधरीलाई कालो झण्डा देखाएका हुन् ।

अदालतको आदेश तथा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को निर्देशनलाई अवज्ञा गर्दै भएको नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी हुने खेल संघका पदाधिकारीले मन्त्री चौधरीलाई झण्डा देखाएका हुन् ।

प्रकाशित मिति: Mar 20, 2025

प्रतिक्रिया दिनुहोस्