Logo
१८ जेष्ठ २०८२, शनिबार
(March 16, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चन्द्रागिरिमा पोखरीमा डुबेर बालिकाको मृत्यु

३ चैत, काठमाडौं । चन्द्रागिरि नगरपालिकामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

नगरपालिकाको वडानम्बर ८ स्थित निर्माणाधीन पार्कमा बनेको पोखरीमा डुबेर सल्यानको कालीमाटी गाउँपालिका-४ की ५ वर्षीया पूर्णिमा थापाको मृत्यु भएको हो ।

पोखरीमा डुबेको फेला परेपछि बालिकाका बुवा घनश्यामले तत्काल बलम्बुस्थित एपीएफ अस्पताल उपर्‍याएका थिए । बालिकाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: Mar 16, 2025

प्रतिक्रिया दिनुहोस्