तस्बिरमा हेर्नुहोस् वसन्तपुर लगायतका क्षेत्रमा होलीको रौनक
काठमाडौँ । काठमाडौँको वसन्तपुरमा विदेशी पर्यटकहरूले भव्य रूपमा होली खेलेका छन् । बिहीबार विदेशी पर्यटकले होली पर्व मनाएका हुन् ।
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।