एकाध मान्छेका स्वार्थको पछाडि देश लाग्न सक्दैन, हामी जहीँको त्यहीँ छौँ भन्ने भाष्य गलत छ: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकाध स्वार्थी मान्छेको पछि देश लाग्न नसक्ने बताएका छन् । मंगलबार कोशी प्रदेश सभा बैठकलाई विशेष सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले देशमा केही भएको छैन् । देश खत्तम भयो ,वर्तमान व्यवस्थाले देश बिगार्यो भन्नेहरुले यो भन्दा बेटर प्रणाली कुन हो त्यसको बारेमा बताउनुपर्ने बताए ।
‘…यो भन्दा बेटर प्रणाली अरु कुनै छ ? । छ भनेदेखि ठीक छ । यो भन्दा बेटर प्रणाली के हो ? यो भन्दा राम्रो प्रणाली के हो ? । जसोपायो त्यसै एकाध मान्छेका स्वार्थको पछाडी देश लाग्न सक्दैन। बेटर प्रणाली भनेको के हो ? । त्यो बेटर प्रणाली बनाउनका लागि सुधार गर्नका लागि र संविधान छ । सरकार तयार छ । सार्वभौम सत्ता सम्पन्न जनता तयार छन् । तर, त्यसको बाटो हामीले तयार गरेका छौं । शान्तिपूर्ण संवैधानिक र लोकतान्त्रिक प्रणाली र प्रक्रियागत बाटो । त्यस बाटोबाट हामी अघि बढ्छौं । त्यो कानून, न्याय समाज र सामाजिक मान्यतासम्मत बाटो हो’ उनले भने ।
प्रदेश सभामा बोल्दै ओलीले हामी जहीँको त्यहीँ छौं भन्ने भाष्य गलत भएको दाबी गरेका छन् । “हामी जहीँको त्यहीँ छौँ भने पनि विकासका तथ्यांकले अवस्थामा पनि ठूलो परिवर्तन भएको देखाएको छ । यी केही वर्षमा हुन नसकेका र लाग्ने काम हामीले गरेका छौँ । असाधारण काम गरेका छौँ,” उनले भने ।
उनले २० प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनि रहेको बताए । कोसी प्रदेशमा गरिबी निवारण ‘अलि चाँडो’ गर्न सकिने उनको भनाइ थियो ।
“यहाँ (कोशी प्रदेश) साक्षारता दर बढी भएकोले शैक्षिकस्तर थप गुणस्तर गर्न सकिन्छ,” उनले भने, “तर, कतिपय कुरामा ध्यान नपुगेको पनि देखिन्छ ।”