Logo
१८ जेष्ठ २०८२, शनिबार
(March 9, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिर्ने गेट अगाडी पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले प्रदर्शन गरेका छन् । आइतबार दिउँसो पूर्वराजाका समर्थकहरुले एयरपोर्ट गेट अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले राजतन्त्रको पुनरुबहाली हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका छन् । प्रदर्शनकारीहरु पोखराबाट काठमाडौँ आउँदै गरेका पूर्वराजा शाहलाई स्वागत गर्न एयरपोर्ट गेटमा पुगेका हुन् । शाह ३ बजे काठमाडौँ फर्किँदैछन् ।

प्रकाशित मिति: Mar 9, 2025

प्रतिक्रिया दिनुहोस्