Logo
१९ जेष्ठ २०८२, आईतबार
(March 4, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्यटन प्रवर्द्धनका लागि ललितपुर महानगरपालिकाले गर्यो ई–बग्गीको परीक्षण (तस्विरहरु)

ललितपुर । ललितपुर महानगरपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ ई–बग्गीको परीक्षण गरेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकहरूलाई महानगरपालिका भित्रका मठमन्दिर लगायत सम्पदा क्षेत्रहरू धुमाउनका लागि महानगरले      अहिले ई–बग्गी परीक्षण गरेको नगरप्रहरी प्रमुख सीताराम हाछेथुले बताए । एक महिना परीक्षण गरेपछि अन्य ४ वटा ई–बग्गी किनी     महानगरले सञ्चालनको योजना बनाउने उनले बताए ।

अहिले होटल गुडविलसँगको सहयोगमा महानगरले ई–बग्गी परीक्षण गरिरहेको छ । महानगरले पर्यटकलाई पुल्चोक, मंगलबजार, महाविहार, पाटन सुन्धारा, घुमाउन ई–बग्गीको अवधारणा बनाएको हो ।

प्रकाशित मिति: Mar 4, 2025

प्रतिक्रिया दिनुहोस्