Logo
३२ जेष्ठ २०८२, शनिबार
(March 3, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नोबारेको किताब विमोचन कार्यक्रममा केपी ओलीलाई नरसिङ्गा उपहार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नरसिङ्गा उपहार दिइएको छ । राष्ट्रिय सभा गृहमा सोमबार उनीबारे नै लेखिएको पुस्तक ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण समारोहका क्रममा उनलाई पञ्चेबाजामा प्रयोग हुने नरसिङ्गा उपहार दिइएको हो ।

कार्यक्रममा सहभागी भएका लमजुङको राइनासकोटका पञ्चेबाजा समूहले ओलीलाई कार्यक्रमस्थलमा स्वागत गर्दै ओलीलाई मायाको चिनो स्वरुप  नरसिङ्गा उपहार दिएको हो। नरसिंह उपहार पाएपछि ओलीले त्यसलाई बजाउने प्रयास समेत गरेका थिए । सोही कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पनि सहभागिता रहेको छ ।

प्रकाशित मिति: Mar 3, 2025

प्रतिक्रिया दिनुहोस्