Logo
२ असार २०८२, सोमबार
(February 23, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘लाज शरणम’ काे सेन्सर पास : फागुन १४ गतेबाट हलहरुमा प्रदर्शन हुने

चर्चित टेलिसिरियल सक्किगोनि टिमले बनाएको फिल्म ‘लाज शरणम’ काे सेन्सर पास भएको छ। प्रचार प्रसारकै क्रममा राेकिन पुगेकाे चलचित्र ‘लाज शरणम’ काे सेन्सर पास भएको हो।

केन्द्रीय चलचित्र जाँच समितिले यस फिल्मलाई आइतबार प्रदर्शनको अनुमति दिएको हो।

मुद्दा मामिलाको कारण सेन्सर बोर्डले यो फिल्मको सेन्सरलाई गम्भीरताको साथ लिएको थियो । जसको कारण सेन्सरपूर्व बैठक बोलाइएको थियो ।

सीताराम कट्टेल (धुर्मुस) ले फिल्ममा पूर्वमन्त्री एवं कांग्रेस नेता मोहम्मद अफताब आलम जस्तै देखिने चरित्र चित्रण गरेको भन्दै गत मंगलबार फिल्मविरुद्ध पाटन उच्च अदालतमा रिट दायर गरेका थिए।

उनको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सरअघि फिल्मको प्रचारप्रसार नगर्न आदेश दिएको थियो। सोही रिटलाई ध्यानमा राख्दै शुक्रबार बोर्डले यस फिल्मको जाँच गरेको थियो।

तर सेन्सर बोर्डले रोक लगाउनुपर्ने कुनै दृश्य नभेटेपछि प्रदर्शनको बाटो खोलिदिएको हो। यस फिल्मलाई बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ। अर्थात्, सबै उमेर समूहले यस फिल्मलाई हेर्न पाउनेछन्।

‘लाज शरणम’ हास्यकलाकार फिल्म कुमार कट्टेलको लेखन र निर्देशनमा बनेको हो। फिल्ममा सीतारामसहित अर्जुन घिमिरे, विजय बराल, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्षण थापा, रेणु योगी लगायतको अभिनय छ।

यो फिल्म फागुन १४ गतेबाट हलमा प्रदर्शन हुँदै छ।

प्रकाशित मिति: Feb 23, 2025

प्रतिक्रिया दिनुहोस्