Logo
१२ चैत्र २०८१, बुधबार
(February 14, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज भ्यालेन्टाइन डे, प्रेम दिवसमा फूलहरूसँगै खुसी डेलिभर

काठमाडौँ । आज भ्यालेन्टाइन डे अर्थात् प्रेम गर्नेहरूको दिन । आजको दिन विश्वभरि नै एक अर्कामा प्रेम आदानप्रदान गर्दै मनाइँदै छ।

नेपालमा पनि युवायुवतीदेखि आफूलाई मन पर्ने व्यक्तिहरूमा एक आपसमा उपहार तथा फूल आदानप्रदान गरेर प्रेम दिवस मनाइँदै छ । प्रेम दिवसको बेला अन्य समय भन्दा बजारमा फूल व्यापारीले राम्रो आम्दानी गर्ने गर्छन् ।

यो बेला बजारमा फूलहरूको माग उच्च हुने गर्दछ । बदलिँदो डिजिटल प्रविधि कोही व्यक्ति समान लिन पसल पसल धाउन नपर्ने समय छ । यो कुरा अहिले फुल तथा गिफ्ट पसल मा पनि उतिकै लागु हुँदैछ ।

काठमाडौँको मध्य बानेश्वरमा रहेको हिमालय फ्लोरिकल्चरलाई यति बेला भ्याई नभ्याई छ । ४ वर्षअघि, व्यवसायी निर्मल घर्ती र सविन ढकाल ले एउटा सानो सपना देखे—ताजा, सुन्दर र गुणस्तरीय फूल उत्पादन गरी ग्राहकलाई सहज रूपमा उपलब्ध गराउने ।

उनीहरूले फूलको बगैँचाबाट आफ्नो व्यवसाय सुरु गरे  उनीहरू भन्छन्, ‘आजकल गाहकहरू पसल आउनुहुन्न  टिकटक, फेसबुक र इन्स्टाग्रामजस्ता प्लेटफर्ममै हामी हाम्रो समान बेच्न व्यस्त हुन्छौँ । ग्राहकले अनलाइन नै अर्डर गर्नु हुन्छ । हामी २ घण्टा मै  डेलिभर गर्ने गर्छौँ ।’

हिमालयन फ्लोरिकल्चरसँग पनि धेरै रोचक अनुभव छन्। ⁠एक जना ग्राहकले आफ्नी प्रेमिकाको उचाइ जत्रै ३५ हजारको बुके अर्डर गरेका थिए।धेरै ग्राहकहरूले नाम नखुलाईकन फूल पठाउन चाहन्छन्, जसले सम्बन्धहरूमा रोमान्स र रहस्य थप्छ ।

स्कुलका विद्यार्थीहरू, जससँग आफ्नै मोबाइल हुँदैन, बाबुआमाको फोनबाट अर्डर गर्छन्। ⁠ग्राहकहरूले केवल फूल मात्रै होइन, टेडी बियर, चकलेटहरू, र कस्टमाइज गरिएको उपहार पनि अर्डर गर्छन्।

सुरुमा मात्र ३ जनाले सञ्चालन गरेको यो व्यवसाय अहिले मार्केटिङ, डेलिभरी र सोसल मिडिया टिम गरी १४ जनाको टिममा बदलिएको छ।

प्रकाशित मिति: Feb 14, 2025

प्रतिक्रिया दिनुहोस्