Logo
३१ जेष्ठ २०८२, शुक्रबार
(January 31, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वासिङटन विमान दुर्घटनामा ४० जनाको शव प्राप्त, कोही जीवित नरहेको आशंका

विमान दुर्घटनामा हालसम्म ४० जनाको शव पोटोम्याक नदीबाट निकालिएको छ । विमानमा चालक दलका सदस्य सहित ६४ जना यात्रु र हेलिकप्टरमा ३ जना सवार रहेका थिए । अधिकारीहरुका अनुसार विमान र हेलिकप्टरमा सवार सबैको मृत्यु भएको आशंका गरिएको छ ।

दुर्घटनाको कारण हालसम्म पत्ता लागेको छैन । विमानको फ्लाइट डाटा रेकर्डर ब्लाक बक्स भर्खरै फेला परेकाले दुर्घटनाको कारण पत्ता लगाउन सहज हुने अनुमान गरिएको छ । नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले दुर्घटनाको अनुसन्धान गरिरहेको छ ।

बोर्डले एक महिनामा प्रारम्भिक प्रतिवेदन बुझाउनेछ । अत्यधिक चिसोका कारण खोज तथा उद्दारमा समेत कठिनाइ भइरहेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनामा ज्यान गुमाउनेका परिवारसँग भेट गर्दैछन् ।

प्रकाशित मिति: Jan 31, 2025

प्रतिक्रिया दिनुहोस्