Logo
३१ असार २०८२, मंगलबार
(December 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले ओलीले आज झापामा खानेपानी उद्घाटनदेखि भेला सम्बोधन गर्ने

काठमाडौं, मंसिर २४ । गृह जिल्लामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज खानेपानी आयोजना उद्घाटन, बृहत् पार्टी कार्यकर्ता भेलाको सम्बोधन लगायत कार्यक्रम रहेको छ ।

उनले आज बिहान १० बजे प्रधानमन्त्री ओलीले दमक–२ स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन गर्नेछन् भने मध्यान्ह १२ बजे गौरादह नगरपालिका अन्तर्गत महारानी झोडा (स्कुलचौन) जग्गाधनिपुर्जा वितरण कार्यक्रममा सहभागी हुनेछन्।

त्यस्तै, दिउँसो साढे १ बजे प्रधानमन्त्री ओलीले गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्नेछन् भने दिउँसो ३ बजे बिर्तामोडस्थित सिटी सेन्टरमा एमाले झापा जिल्ला कमिटीको बृहत् पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक आइतबार गृह जिल्ला झापा पुगेका हुन् ।

प्रकाशित मिति: Dec 9, 2024

प्रतिक्रिया दिनुहोस्