Logo
१२ असार २०८२, बिहीबार
(December 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदुरपश्चिमसँग काठमाडौंको फराकिलो हार, नरेनले लिए ५ विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तरगत आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित दर्ता गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको आजको भएको खेलमा सुदूरपश्चिमले काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गरेको हो ।

युवा स्पिनर नरेन साउदले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएपछि काठमाडौंले ७३ रनको फराकिलो हार स्वीकार्यो ।

टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो । १ सय ६८ रनको लक्ष्य पछ्याएको काठमाडौंले सबै विकेट गुमाउँदै ९४ रन मात्र बनायाे ।

सुदूरपश्चिमकाे जितकाे लागि नरेन साउदले ५ विकेट, ब्रान्डन क्याक्मुलेन, सैफ जैयब, स्कट कुग्गेलेजिन र अभिनाष बोहोराले एक/एक विकेट लिए ।

यसअघि सुदुरपश्चिमका लागि स्कटल्यान्डका ब्याट्सम्यान ब्रान्डन म्याकमुलनले अर्धसतकीय पारी खेले । उनले ३६ बलमा ४ छक्का र ३ चौका सहित ५३ रन बनाएर आउट भए ।

यस्तै कप्तान दिपेन्द्रसिंह ऐरीले २५ बलमा २ छक्का र ३ चौकासहित ४३ रन र विनोद भण्डारीले ३५ रन बनाएका थिए ।

 

प्रकाशित मिति: Dec 5, 2024

प्रतिक्रिया दिनुहोस्