Logo
२८ मंसिर २०८१, शुक्रबार
(November 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्याका मुख्य आरोपी पक्राउ

काठमाडौं । गत जेठ ३२ गते बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या भएको घटनामा संलग्न थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४० वर्षीय सुरेन्द्र कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उनी नेपाली सेनाका भगौडा तथा गाउँघरमा सबैलाई त्रसित बनाउने पृष्ठभूमिका व्यक्ति भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनले १० वर्ष नेपाली सेनामा जागीर खाएर छाडेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

मुख्य अभियुक्तको रुपमा पक्राउ परेका कुशवाहा कहिले भारतको बिभिन्न ठाउँमा र कहिले नेपालको बिभिन्न ठाउँमा लुकिछिपी रहेका छन भने सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा मोरङ्गमा लुकिछिपी बसेको जानकारी प्राप्त हुन आएको हुँनाले उनलाई जिल्ला प्रहरी कार्यालय बाराको अथक प्रयास पछी जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको बिशेष टोलीले मंसिर १२ गते पक्राउ गरी ल्याएको प्रहरीले जनाएको छ ।

क्याम्पसमाबाट घरतर्फ जाँदै गरेका क्याम्पस प्रमुख कुशावाहामाथि बाराकै आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा गोली प्रहार भएको थियो। गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहाको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

यसअघि सो घटनामा संलग्नको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको थियो । ठुलो योजनामा हत्या भएको र हतियार सप्लाई लगायत अधिकांश अनुसन्धान अन्तिम चरणमा पुगेपनि थप केही हत्याका आरोपी फरार रहेकोले पक्राउ परेकालाई प्रहरीले सार्वजनिक गरेको थिएन् ।

यसअघि प्रहरीले घटनामा संलग्नको आशंकामा पक्राउ पर्नेमा बारा खजुरिया टोलका ३२ वर्षीय अवधलाल प्रसाद कुशवाहा, २९ वर्षीय चांदसी प्रसाद कुशवाहा, २७ वर्षीय चुल्हाई भन्ने श्रवण कुमार साह र ५० वर्षीय ब्रह्मदेव राम छन् । त्यस्तै बाराकै ५० वर्षीय मोतीलाल चौधरी, ३४ वर्षीय राधेश कुमार पटेल र ५४ वर्षीय विनोद राउत कुर्मी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार सो घटनामा पक्राउ परेका चन्द्रमणी प्रसाद कुशवाहा, चाँदशी प्रसाद कुशवाहा, सुमेद कुमार कुश्वाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रबण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरी मध्ये राधेस कुमार पटेल र विनोद राउत कुर्मी धरौटीमा छुटेको र बाँकी ८ जना पुर्पक्षको लागि कारागार चलान भइसकेका छन् ।

प्रहरीले उनीहरूको साथबाट तीनवटा मोटर साइकल, ६ राउन्ड गोली, मोबाइल, ल्यापटप र नेपाली तथा भारतीय सिम कार्ड समेत बरामद गरेको थियो । । कुशवाहामाथि आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा गोली प्रहार भएको थियो ।

घर जाँदै गरेका उनीमाथि मोटरसाइकलमा आएका दुई जनाले पछाडिबाट गोली प्रहार गरेका थिए । पिठ्युँमा गोली लागेका कुशवाहाको उपचारको क्रममा वीरगन्जस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो ।

प्रकाशित मिति: Nov 28, 2024

प्रतिक्रिया दिनुहोस्