Logo
२६ मंसिर २०८१, बुधबार
(November 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उद्योगीले नतिर्दा सर्वसाधारणले पनि बिजुलीको बिल तिर्न छाडे : कुलमान

 नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीले ट्रंक तथा डेडिकेटेड फिडरको बक्यौता महसुल नतिर्दा सर्वसाधारणले समेत बिजुलीको महसुल तिर्न छाडेको बताएका छन् । ठुला उद्योगीसँग पैसा नलिने, सर्वसाधारणसँग उठाउने गरेको भन्दै सर्वसाधारणले पनि बिल तिर्न छोडेको उनको भनाइ छ ।

मंगलबार पत्रकार सम्मेलनमा बोल्दै घिसिङले अहिले महिनामा १०÷११ अर्ब उठ्नुपर्ने रकम ८/९ अर्ब मात्रै उठ्न थालेको बताए ।

उनले भने, ‘ठुला उद्योगीले तिर्नु नपर्ने हामीले मात्रै तिर्नुपर्ने भन्न थाल्नुभयो उहाँहरूले, यसले त प्राधिकरणलाई नोक्सान गर्‍यो नि ।’

घिसिङले प्राधिकरणको वित्तीय अवस्था कमजोर बनाउन बक्यौतामा विवाद झिकिरहेको बताए । तर, ७ वर्षअघिको बिल नउठ्दैमा कसरी प्राधिकरण धराशायी हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘महिनामै २/३ अर्ब बिल कम उठ्न थालेपछि त समस्या भयो नि ।

प्रकाशित मिति: Nov 13, 2024

प्रतिक्रिया दिनुहोस्