Logo
३१ असार २०८२, मंगलबार
(September 20, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनिश्चित कालका लागि स्थगित भयो पत्रकार महासंघको चुनाव

 नेपाल पत्रकार महासंघको चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ।

महासंघको चुनाव अनिश्चितकालका लागि स्थगित भएको निर्वाचन समितिले आज विहान  सूचनामार्फत जानकारी दिएको छ।

निर्वाचनको कार्यक्रम अन्तर्गत उम्मेदवारको मनोनयन दर्ता गर्नका लागि असोज ४ गते मिति तोकिएकोमा महासंघबाट प्राप्त पत्र अनुसार उम्मेदवारको मनोनयन दर्ता लगायत कार्य तालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको समितिले जनाएको छ।

प्रकाशित मिति: Sep 20, 2024

प्रतिक्रिया दिनुहोस्