Logo
१० असार २०८२, मंगलबार
(September 1, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१० वर्षे जनयुद्धमाथि लेखिएको उपन्यास ‘धरौट’ सार्वजनिक

लेखक भीमलाल सापकोटाको उपन्यास ‘धरौट’ शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक भएको छ। कार्यक्रमका प्रमुख अतिथि साहित्यकार श्यामलले किताबले १० वर्षे द्वन्द्वको कथा उजागर गरेको बताए।

‘किताबले द्वन्द्वको घाउ बोलेको छ’, उनले भने, ‘मान्छेहरूको उसबेलाको तनाव किताबको विषय बनेको छ।’ बाल साहित्यकार तथा इटर्नल पब्लिकेसन्सका प्रबन्ध निर्देशक यमुना पराजुलीको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा लेखक भीमलाल सापकोटाको संक्षिप्त परिचय कवि असीम सागरले दिएका थिए भने उक्त कार्यक्रममा वक्ताहरूमा लेखक तथा पत्रकार श्रीश भण्डारी र साहित्यकार भारती न्यौपानेले किताबबारे आ–आफ्नो धारणा राखेका थिए।

उपन्यासमा तत्कालीन दशबर्षे ‘जनयुद्व’ को त्रासद वर्णन र बाहिर नआएका कतिपय वैदेशिक रोजगारका भित्री कथाहरू छन्। १६८ पृष्ठ रहेको उपन्यासलाई इटर्नल पब्लिकेशनले प्रकाशन गरेको हो।

प्रकाशित मिति: Sep 1, 2024

प्रतिक्रिया दिनुहोस्