Logo
२७ असार २०८२, शुक्रबार
(July 31, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यकामा बाढीको वितण्डा, ललितपुर काठमाडौंबाट ४० जनाको उद्धार

काठमाडौं, साउन १६ । मंगलबार राती आएको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन्। प्राप्त विवरणअनुसार डुबानबाट बढी भक्तपुर र ललितपुरका विभिन्न क्षेत्र प्रभावित बनेका छन्। ललितपुरका ७ स्थान डुबानमा परेका छन्।

हालसम्म मानवीय क्षतिको विवरण नआएपनि डुबानबाट भौतिक क्षति भएको पाइएको छ। प्रहरीका अनुसार ललितपुरका विभिन्न स्थानबाट डुबानमा परेका २४ जनालाई उद्धार गरिएको छ।

जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार सुन्दरीघाटबाट ८ जना, युएन पार्कबाट दुई, बालकुमारी पुलबाट १ जना, महालक्ष्मी नगरपालिका( ७ स्थित चागाँथलीबाट ७ जना र सानेपा राम मन्दिरबाट ६ जनाको उद्धार गरिएको छ।

बर्षाले काठमाडौंको कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ । बल्खुको तरकारी बजार आसपास समेत बाढीले डुवानमा परेको छ । त्यस्तै, वर्षाले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाको सीमा छुट्याउने मनोहरा र हनुमन्ते खोलाको दोभान क्षेत्र डुबान भएको छ। बाढीले नदी किनार क्षेत्रका घर, विद्यालय र ग्यारेजमा क्षति पुर्याएको हो।

हनुमन्तेको करिडोर सडक ठप्प भएको छ। बाढीले काठमाडौं महानगरपालिकाको ३४ नम्बर वडा नरेफाँट, भक्तपुर र ललितपुरको महालक्ष्मी नगरपालिकाका ५ को टीकाथली क्षेत्रसमेत डुबानमा परेको हो।

प्रकाशित मिति: Jul 31, 2024

प्रतिक्रिया दिनुहोस्