Logo
२९ असार २०८१, शुक्रबार
(July 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुल्यो

२६ असार, लमजुङ । पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुलेको छ । मंगलबार साँझदेखिको वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका– १ अँधेरिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले पहिरो पन्छाएर आज बिहान ११ बजेपछि सडक सञ्चालन भएको बताए । सडक अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौँं, पोखरा र चितवन र ती स्थानबाट बेँसीसहरका साथै मनाङ जाने यात्री प्रभावित भएका थिए ।

प्रकाशित मिति: Jul 10, 2024

प्रतिक्रिया दिनुहोस्