Logo
२९ असार २०८२, आईतबार
(June 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेट्रोल ढुवानी मजदुरहरूको आन्दोलनपछि सरकारी पेट्रोल पम्पमा भीड (तस्बिरहरू)

काठमाडाैँ । पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट  विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन पश्चात नीजि पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थ बिक्री वितरण रोक गरे सँगै सरकारी पम्पमा पेट्रोल भर्नेको लाइन लागेको छ। नेपाल आयल निगमका अनुसार शनिबारदेखि नै ट्यांकर चालकहरूले विभिन्न माग राखेर आन्दोलन गरिरहेका छन्। यसै कारण पेट्रोलियम पदार्थ अभाव देखिएको हो।

चालकहरूले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर नचलाएका कारण पेट्रोलियम पदार्थ पम्पसम्म पुग्न सकेको छैन। संघले एक विज्ञप्ति जारी गर्दै शनिबार कालोपट्टि बाँधेर, आइतबार गाडीमा कालो झन्डा राखेर र सोमबार पूर्ण रूपमा काम छाडेर ट्यांकरको साँचो नै सवारीधनीलाई हस्तान्तरण गरेर विरोध गर्ने जनाएको छ।

     

 

प्रकाशित मिति: Jun 17, 2024

प्रतिक्रिया दिनुहोस्