Logo
२६ असार २०८२, बिहीबार
(June 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ सुरु

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजदेखि बागमती प्रदेशको ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ सुरु भएको छ । मेला दुई दिनसम्म चल्ने छ ।

ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा मंगलबार बिहान ११ बजे शिक्षा तथा विज्ञान प्रविधि मन्त्री मन्त्री सुमना श्रेष्ठले मेलाको उद्घाटन गरेकी थिइन् ।

मन्त्रालयले आयोजना गरेको मेलाको संयोजनमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटेल एसोसिएसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासंघ छन् ।  मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका स्टल रहेका छन् ।

प्रकाशित मिति: Jun 11, 2024

प्रतिक्रिया दिनुहोस्