Logo
३१ असार २०८१, आईतबार
(June 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाहाल र मोदीबीच भेटवार्ता : नेपाल-भारतबीचको सम्बन्ध नयाँ उचाइँमा पुग्ने विश्वास

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय नव नियुक्त समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्री दाहालले लगातार तेश्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा बधाइ दिँदै उनको तेश्रो कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइँमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

दाहाल र मोदीबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो ।

त्यसअघि प्रधानमन्त्री दाहाल अन्य विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँगै भारतीय प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा सरिक भएका थिए ।

त्यसैगरी सपथ ग्रहण समारोहमा पुगेका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको सम्मानमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले आयोजना गरेकी रात्रीभोजमा पनि प्रधानमन्त्री दाहाल सरिक भएका थिए ।

प्रकाशित मिति: Jun 10, 2024

प्रतिक्रिया दिनुहोस्