Logo
१२ श्रावण २०८१, शनिबार
(May 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा एकजनाको मृत्यु

१३ जेठ, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना डोजर चालकको मृत्यु भएको छ । मृतकको पहिचान हुन बाँकी रहेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

सडक डिभिजन कार्यालय चितवनले दिएको जानकारी अनुसार आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनीको  मेसिन माथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको हो ।  पहिरोले मेसिनमा पनि क्षति पुगेको छ । सडक अहिले सञ्चालनमै छ ।

प्रकाशित मिति: May 26, 2024

प्रतिक्रिया दिनुहोस्