Logo
१२ श्रावण २०८१, शनिबार
(May 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सम्झौता कार्यान्वयन नभएपछि सहकारी पीडितको प्रदर्शन (तस्वीरहरू)

११ जेठ, काठमाडौं । सरकारले पटक-पटक सम्झौता गरेर पनि माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितले पुनः आन्दोलन सुरु गरेका छन् ।

देशभरिका संकटग्रस्त सहकारी पीडित बचकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा शुक्रबार काठमाडौंकोमा प्रदर्शन भएको छ ।

शुक्रबार विभिन्न प्लेकार्ड बोकेर र्‍याली सहित माइतीघरमा सभा गरेका सहकारी पीडितले रिले अनशन समेत सुरु गरेका छन् ।

सरकारले आफूहरूसँग दुई पटकसम्म सम्झौता गरेको भए पनि सम्झौता कार्यान्वनय नभएपछि बाध्य भएर फेरि आन्दोलनमा उत्रनु परेको अभियानका अध्यक्ष कुशलभ केसीले बताए । आफूहरूको माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनले बताए ।

विभिन्न सहकारीबाट पीडित भएको सहकरीका बचकर्ताले सहकराीको अधयक्ष र सञ्चालकलाई कारबाही र बचत फिर्ताको माग सहित आन्दोलनमा सहभागी भएका छन् ।

यसअघि भएका सम्झौता कार्यान्वयन नभएसम्म रिले अनशन सहितका आन्दोलनलाई जारी राख्ने सहकारी पीडित बचकर्ताले बताएका छन् ।

प्रकाशित मिति: May 24, 2024

प्रतिक्रिया दिनुहोस्