Logo
१२ श्रावण २०८१, शनिबार
(May 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काभ्रेमा दम्पतीको हत्या, छुट्टा-छुट्टै कोठामा भेटियो शव

९ जेठ, काठमाडौं । काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा दम्पतीको हत्या भएको छ । महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बलको हत्या भएको पाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी तथा प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार उनीहरुको शव दुई फरक-फरक कोठामा पाइएको छ ।

श्रीमानको शव पसल रहेको कोठामा छ भने श्रीमतीकोशव भान्सा कोठामा फेला परेको छ । टाउकोमा गह्रुँगो वस्तुले प्रहार गरेर हत्या गरेको जस्तो देखिएको डीएसपी श्रेष्ठले बताए । ‘घटना विवरण अनुसार उनीहरुको हत्या भएको देखिन्छ । तर कसले किन हत्या गर्‍यो अहिलेसम्म केही खुलेको छैन’ डीएसपी श्रेष्ठले भने ।

डीएसपी श्रेष्ठका अनुसार उक्त घरमा उनीहरु दुई जना मात्रै बस्दै आएका थिए । ढोका खुल्ला रहेको अवस्थामा शव भेटिएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालयका साथै प्रहरी चौकी फोक्सिङटार, इलाका प्रहरी कार्यालय देवीटारको टोलीले अनुसन्धान अघि बढाएको छ ।

सोमबार राति नै उनीहरुको हत्या भएको हुनसक्ने बताइएको छ । मंगलबार दिउँसो स्थानीय ठाकुर पूजामा सहाभागी नभएपछि घरमा गएर उनीहरु दुबै जना मृत भेटिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

प्रकाशित मिति: May 22, 2024

प्रतिक्रिया दिनुहोस्