Logo
१२ श्रावण २०८१, शनिबार
(May 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मनीषाले दिइन् बेलायती प्रधानमन्त्रीलाई सगरमाथा क्षेत्रमा पदयात्राको निम्तो

काठमाडौं । संजयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’बाट अभिनेत्री मनीषा कोइराला यतिबेला चर्चामा छिन् । सिरिजमा उनले मल्लिका जानको चरित्र निर्वाह गरेकी छन् । स्ट्रिमिङ सुरु भएयता यसको विश्वब्यापी चर्चा छ ।

अभिनेत्री कोइराला यतिबेला लन्डनमा छिन् । मंगलबार उनको भेट बेलायती प्रधानमन्त्री ऋषि सुनाकसँग भएको छ । नेपाल र बेलायतबीचको मैत्रीपूर्ण सम्बन्धको १०० औं वर्षगाँठ मनाउन बेलायती प्रधानमन्त्रीको लन्डन कार्यालय टेन डाउनिङ स्ट्रिटमा सुनाकले समारोह आयोजना गरेका थिए ।

जहाँ, नेपाली राजदूत ज्ञानचन्द्र आचार्यदेखि बेलायतस्थित नेपाली डायस्पोराको उपस्थिती थियो । अतिथि बनेर मनीषा पनि टेन डाउनिङ स्ट्रिट पुगेकी थिइन् । प्राप्त तस्वीरमा प्रधानमन्त्री सुुनाक र मनीषालाई क्याजुअलरुपमा गफगाफ गरेको देख्न सकिन्छ ।

मनीषा स्वयमले इन्स्टाग्रामबाट सुनाकसँगको भेटका तस्वीर र भेटमा भएको गफगाफबारेका कुरा पोस्ट गरेकी छन् । प्रधानमन्त्री सुनाकबारे नेपालबारे सुन्न पाउँदा आफूलाई खुसी लागेको उनको भनाई छ ।

अनौपचारिक संवादमा प्रधानमन्त्री सुनाकबाट आफूले सगरमाथा आधार शिविरमा पदयात्राका लागि निम्तो गरेको समेत मनीषाले उल्लेख गरेकी छन् । समारोहमा उपस्थित धेरैजसाले ‘हीरामण्डी’ सिरिज हेरेको र यो थाहा पाएपछि आफू उत्साहित भएको पनि मनीषाले उल्लेख गरेकी छन् ।

प्रकाशित मिति: May 22, 2024

प्रतिक्रिया दिनुहोस्