Logo
३ असार २०८१, आईतबार
(May 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मदन भण्डारी ट्रमा सेन्टरका स्वास्थ्यकर्मी आन्दोलित, ओपिडी सेवा रोके

९ जेठ, विराटनगर । मोरङको उर्लाबारीमा रहेको मदन भण्डारी ट्रमा सेन्टरका स्वास्थ्यकर्मी ओपीडी बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मीमाथि पटकपटक अभद्र व्यवहार र हातपात भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाहीको माग स्वास्थ्यकर्मीले गरेका छन् । शान्ति सुरक्षाका लागि अस्पतालमा प्रहरी बिट राख्न पनि उनीहरुको माग छ ।

गत ३ जेठमा मेडिकल अधिकृत डाक्टर ब्रोमिस बुढाथोकी र ७ जेठमा डाक्टर अनिलकुमार यादवमाथि अस्पतालभित्र हातपात भएको थियो । त्यसको विरोधमा मंगलबार स्वास्थ्यकर्मी र कर्मचारीले एक घण्टा ओपीडी बन्द गरी कालोपट्टी बाँधेर काम गरेका थिए ।

घटनामा संलग्नमाथि कारबाही नभएको भन्दै त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलेहरुले माग पूरा नभएसम्म आजदेखि अनिश्चितकालीन ओेपीडी सेवा बन्द गरेर आन्दोलित बनेका हुन् ।

प्रकाशित मिति: May 22, 2024

प्रतिक्रिया दिनुहोस्