Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा स्थापनाको हीरक महोत्सवमा शीर्ष नेताहरू सहभागी, गएनन् माधव नेपाल

नेकपा (एमाले) ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हीरक महोत्सव सुरू भएको छ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा पूर्वप्रधानमन्त्रीहरू तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,  प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपा (माले) का महासचिव सिपी मैनालीलगातका विभिन्न राजनीतिक दलका नेताहरु, मन्त्रीहरु, सांसदहरु सहभागी छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल भने उपस्थित छैनन्।

उद्योगी, व्यवसायी, कुटनीतिक, लेखक, पत्रकारलगायत एमालेका नेता, कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको छ ।

समारोहमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा स्थापनाको ७५ वर्षको अवसर पारेर पार्टीले तयार परेको वृत्तचित्र सार्वजनिक गरेका छन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान पनि गरेको छ।

एमालेले पार्टीको मिसन–२०८४ लाई सफल बनाउने गरी सो समारोहमार्फत पार्टीको भावी कार्ययोजना पनि सार्वजनिक गर्ने जनाएको।

प्रकाशित मिति: Apr 22, 2024

प्रतिक्रिया दिनुहोस्