Logo
२० बैशाख २०८१, बिहीबार
(April 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिल्पा शेट्टी र राज कुन्द्राको ९७ करोडको सम्पत्ति जफत

बलिउड अभिनेत्री शिल्पा शेट्टी र व्यवसायी राज कुन्द्राको ९७ करोड भारूको सम्पत्ति जफत गरिएको छ।

भारतीय सञ्चारमाध्यम डिएनए इन्डियाका अनुसार प्रवर्तन निर्देशालय (ईडी) ले सम्पत्ति शुद्धीकरण रोकथाम ऐन (पिएमएलए) २००२ अन्तर्गत राज कुन्द्राको ९७ करोड ७९ लाख भारूको चलअचल सम्पत्ति जफत गरेको हो। जफत गरिएको सम्पत्तिमा शिल्पा र राजको एक घर पनि सामेल छ।

दिल्ली पुलिसले राजविरूद्ध उजुरी दर्ता गरेपछि सम्पत्ति जफत गरिएको हो। यस मामिलामा कुन्द्रा परिवारबाट कुनै प्रतिक्रिया आएको छैन।

सन् २०२१ जुलाईमा राज कुन्द्रा अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका थिए। यस मामिलामा उनी जमानतमा छुटेका थिए।

शिल्पा र राजको सन् २००९ मा बिहे भएको थियो। उनीहरूका एक छोरा र एक छोरी छन्।

प्रकाशित मिति: Apr 19, 2024

प्रतिक्रिया दिनुहोस्