Logo
१९ बैशाख २०८१, बुधबार
(April 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापानमा समीक्षाको सांगीतिक प्रस्तुति ‘बुझिनँ मैले’ मा झुमे दर्शक

Japan-samikshya-1713507873.jpgगायिका समीक्षा अधिकारीले जापानको टोकियोमा सांगीतिक प्रस्तुति दिएकी छन्।

बिहीबार आयोजित कार्यक्रममा उनले आफ्ना आधा दर्जन हाराहारी हिट गीतहरू प्रस्तुत गरिन्। बागलुङ समाज जापान र बिहुँकोट समाज जापानको संयुक्त आयोजनामा आयोजित ‘चैत्राष्टमी मेला २०२४’ मा समीक्षाले प्रस्तुति दिएकी हुन्।

टोकियोस्थित नाकानो जेरो हलमा आयोजित कार्यक्रममा ‘कुरा बुझ्न पर्च’ बाट प्रस्तुति सुरू गरेकी उनले ‘सुर्ती माड्दै’, ‘पछ्यौरी लिस्यो’ देखि आफ्नो सुरूआतको गीत ‘बालापनको उमेर’ समेत गाइन्।

भरिभराउ हलमा आफ्नो पछिल्लो हिट गीत ‘बुझिनँ मैले’ समेत गाएर त्यहाँ रहेका नेपाली दर्शकहरू झुमाइन्।

कार्यक्रममा लोक दोहोरी गायक बसन्त थापा पनि आकर्षणको केन्द्रमा रहे। उनले ‘खेतमा बोके झार’ देखि ‘माया हाँसेको’ सहितका आफ्ना आधा दर्जन हिट गीतहरू प्रस्तुत गरे।

त्यस्तै, नेपालबाट गएकी लोकदोहोरी गायिका तारा थापाको प्रस्तुतिमा समेत दर्शक रमाए।

जापानमा बसोबास गरिरहेका नेपालीहरूलाई आफ्नो देशको कलाबारे जानकारी दिने उद्देश्यले नेपालकै झल्को आउनेगरी कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति: Apr 19, 2024

प्रतिक्रिया दिनुहोस्