Logo
१९ बैशाख २०८१, बुधबार
(April 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन (तस्बिरहरु)

६ वैशाख, काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आफन्तहरुले बिहीबार सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् ।

रुसी सेनामा रहेका नेपालीका परिवारका सदस्यहरुले सिंहदरबार दक्षिण गेटअघि प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा कृतु भण्डारीसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अवैध तरिकाले रुसी सेनामा गएर सम्पर्कविहीन भएकाहरुको खोजी, युक्रेनसँगको युद्धमा मृत्यु भएकाहरुको शव फिर्ता र अलपत्र परेकाहरुको उद्धारको माग राख्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले युद्धमा घाइते नेपालीको उचित उपचार र रुस सरकारबाट पाउने तलब, भत्ताका लागि सहजीकरण गरिदिनसमेत माग गरेका छन् ।

प्रकाशित मिति: Apr 18, 2024

प्रतिक्रिया दिनुहोस्