Logo
१० जेष्ठ २०८१, बिहीबार
(April 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डन बन्दा यस्तो देखिए किरण केसी, ‘वर एण्ड वधु’ को बाँकी छायांकन सुरु

 निर्देशक मिलन चाम्सले आफ्नो नयाँ फिल्म ‘वर एण्ड वधु’ को दोस्रो चरणको छायांकन थालेका छन् । बुधबार ललितपुरमा किरण केसी र विवेक कर्माचार्यको केही दृश्य छायांकन गरिएको छ । किरण डन अवतारमा प्रस्तुत छन् ।

फिल्मको ५० प्रतिशत छायांकन यसअघि युरोपको रोमानिया, फ्रान्स र इटालीमा भइसकेको छ । २५ दिन सेड्युल तोकिएको फिल्मको बाँकी छायांकन नेपालमै गर्ने तालिका छ ।

महालक्ष्मीस्थानमा पूजाआजा गर्दै फिल्मको बाँकी सुटिङ थालिएको हो । अभिनेता केसीले लामो समय रोकिएको फिल्मको सुटिङ पुनः सुरु हुँदा आफू उत्साहित रहेको बताए ।

फिल्मको शीर्ष भूमिकामा आँचल शर्मा छिन् । उनी यतिबेला ‘डिग्री माइला’को प्रचारका लागि पूर्वी नेपालका सहरको दौडाहामा छिन् । आँचलले केही दिनमै सेट ज्वाइन गर्ने जनाइएको छ । विवाह संस्कृति र पारिवारिक कथावस्तुमा बन्न लागेको यो फिल्मबाट कर्माचार्यले अभिनय करिअर थाल्दैछन् ।

फिल्ममा विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी, सृष्टि खड्का, कुसुम शर्मा लगायतको पनि अभिनय छ ।

प्रदीप भारद्वाजको पटकथा रहेको फिल्ममा सुदीप बरालको छायांकन छ भने यसको मुख्य सहायक निर्देशक गिरिराज घिमिरे हुन् । फिल्मलाई रिच इन्टरटेनमेन्टले नेपालभर प्रदर्शनका लागि वितरण गर्नेछ ।

प्रकाशित मिति: Apr 17, 2024

प्रतिक्रिया दिनुहोस्