Logo
१० जेष्ठ २०८१, बिहीबार
(April 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत

३० चैत, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभामा विश्वासको मत पाएका छन् । ८६ सदस्यीय प्रदेश सभामा उनले ४८ मत पाएका हुन् ।

मुख्यमन्त्री महरालाई नेकपा एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको मत पाएका हुन् ।

मुख्यमन्त्रीले राखेको प्रस्तावको विपक्षमा कांग्रेस र जनमत पार्टीको २८ मत परेको छ । शुक्रबारको लुम्बिनी प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बसेको थियो भने लोकतान्त्रिक समाजवादी पार्टीका सांसद् अनुपस्थित थिए । दुवै पार्टीसँग ३, ३ जना सांसद छन् ।

महरालाई चैत २३ गते प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । उनले चैत २५ गते प्रदेश प्रमुख शेरचन समक्ष शपथ ग्रहण गरेका थिए ।

मुख्यमन्त्री नियुक्त भएसँगै उनले एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका १/१ जना विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

 

प्रकाशित मिति: Apr 12, 2024

प्रतिक्रिया दिनुहोस्