Logo
२० बैशाख २०८१, बिहीबार
(April 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनीका प्रदेशका नवनियुक्त मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै

 लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्दै छ ।

नेकपा माओवादी केन्द्रका नेता महरा यही चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शपथ र पदभार ग्रहण भने उनले २५ गते गरेका थिए ।

सोही दिन उनले नेकपा एमालेका चेतनारायण आचार्य, जनता समाजवादीका भण्डारीलाल अहिर र माओवादीका दीपेन्द्र पुनलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । आज विश्वासको मत लिएपछि मात्र मन्त्रीहरुको जिम्मेवारी तोक्ने र मन्त्रिपरिषद विस्तार गर्ने योजना रहेको मुख्यमन्त्री महराको सचिवालयले जनाएको छ ।

केन्द्रमा सत्ता समीकरण बदलिएअनुसार लुम्बिनी प्रदेशमा अल्पमतमा परेपछि नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि माओवादी केन्द्र संसदीय दलका नेता महरा ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनलाई सत्ता गठबन्धन दल नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, नेकपा एकीकृत समाजजादी १ र स्वतन्त्र सांसद खड्क बस्नेतले समर्थन गरेका थिए ।

प्रकाशित मिति: Apr 12, 2024

प्रतिक्रिया दिनुहोस्