Logo
१७ बैशाख २०८१, सोमबार
(April 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाटो हिंड्दै गरेका भिक्षुमाथि भद्रकालीमा प्रहरीको दुर्व्यवहार !

 बाटो हिंड्दै गरेका बौद्ध भिक्षुमाथि प्रहरीले भद्रकालीमा लात्ती प्रहार गरेको छ। शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।

सो क्रममा बाटो हिंड्दै गरेका दुई बौद्ध भिक्षुमाथि प्रहरीले दुर्व्यवहार गरेको हो । प्रहरीले बौद्ध भिक्षुमाथि लात्ती र लाठ्ठी प्रहार भएको भिडिओ सार्वजनिक भएको छ । भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रहरीको आलोचना भइरहेको छ

बाटो हिंड्दै गरेका बौद्ध भिक्षुमाथि दुर्व्यवहार भएको विषय सार्वजनिक भएपछि दुर्व्यवहार गर्नेमाथि कारबाही गर्ने तयारी प्रहरीले गरेको छ । प्रदर्शनमा संलग्न नै नभएको भनिएका भिक्षुमाथि आक्रमण भएको विषय सार्वजनिक भएपछि प्रहरीले छानबिन अघि बढाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले भने, ‘यो विषयमा अहिले छानबिन भइरहेको छ । दोषी देखिएमा कारबाही हुन्छ ।’

शनिबारको प्रदर्शनमा ५ जना प्रहरी घाइते भएका थिए । चार जनाको अवस्था सामान्य रहे पनि एक जनाको भने नाक पूरै ड्यामेज भएको र अहिले पनि उपचारकै क्रममा रहेको एसपी अधिकारीले बताए ।

त्यस्तै केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ समेत गरेको थियो । पक्राउ परेकाहरु विरुद्ध मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

प्रकाशित मिति: Apr 7, 2024

प्रतिक्रिया दिनुहोस्