Logo
२० बैशाख २०८१, बिहीबार
(April 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिस्काः जात्राका लागि श्रीभैरवनाथको रथ निर्माण अन्तिम चरणमा (तस्बिरहरू)

भक्तपुर । अर्को हप्ता सुरु हुने बिस्काः जात्राको तयारीमा पुरै भक्तपुर लागेको छ। तःमरी स्क्वायरमा रथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

तःमरी स्क्वायरमा बन्दै गरेको रथ बालबालिकाको लागि खेल्ने स्थान बनेको छ। स्कुल बिदा भएको र खेल्नको लागि उपयुक्त स्थान भएकोले बालबालिकाको भीड हुन्छ

जात्रा आठ रात नौ दिनसम्म मनाइने छ । जिब्रो छेड्ने जात्राको रूपमा पनि यो जात्रा चर्चित छ ।

टौमढीस्थित पाँच तले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरुवात गरिने प्रचलन रहेको छ । जसअनुसार जात्राको पहिलो दिन भैरवनाथसहित भद्रकालीको पनि रथ तानिन्छ ।

सो रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँच तले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ । टौमढीबाट करिब २०० मिटर दक्षिण गःहिटी पुर्‍याए पछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन रहँदै आएको छ ।

लिच्छविकालदेखि सुरु भएको जात्रा नयाँ वर्षको अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि सुरु हुन्छ भने वैशाख ५ गते पनि भैरवनाथको नै रथ तानेर समापन गरिने प्रचलन रहेको छ ।

 

प्रकाशित मिति: Apr 5, 2024

प्रतिक्रिया दिनुहोस्