Logo
१७ बैशाख २०८१, सोमबार
(April 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनगढीमा प्रहरी जवान मृत भेटिए

२२ चैत, धनगढी । धनगढीमा एक जना प्रहरी जवान मृत भेटिएका छन् ।

दार्चुलाको शैल्यशिखर-९ घर भई जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत सुरुज विक धनगढी उपमहानगरपालिका-७ स्थित मनेहरा सामुदायिक वनमा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीका अनुसार बिक बुधार साँझ जामुनको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनी बझाङबाट बिदा लिएर धनगढी आएको खुलेको प्रहरी निरीक्षक कार्कीले बताए । बिकको  परिवार धनगढीमा बस्दै आएको थियो ।

प्रकाशित मिति: Apr 4, 2024

प्रतिक्रिया दिनुहोस्