Logo
३१ बैशाख २०८१, सोमबार
(April 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तस्बिरमा हेर्नुहाेस् समाजवादी मोर्चाको राष्ट्रिय सभागृहमा अन्तरक्रिया कार्यक्रम

काठमाडौँ । चार दलीय समाजवादी मोर्चाले आज काठमाडौँमा बृहत् अन्तर्क्रिया गरिरहेको छ । राष्ट्रिय सभागृहमा अन्तरक्रिया कार्यक्रम भइरहेको छ ।

‘नेपाली विशेषताको समाजवाद निर्माणबारे अन्तरक्रिया कार्यक्रम राखिएको हो । कार्यक्रममा एमालेसहित मोर्चाका नेता तथा कार्यकर्ता र समाजवादी विचारमा आबद्ध सबै दलहरूलाई बोलाइएको छ ।

यसअघि चैत ३ गते गर्ने भनिएको अन्तरक्रिया सत्ता समीकरण बदलिएपछि स्थगित भएको थियो । मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र नेकपा रहेका छन् ।कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्ने चार वटै पार्टीका अध्यक्षलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।

 

प्रकाशित मिति: Apr 2, 2024

प्रतिक्रिया दिनुहोस्