Logo
२९ बैशाख २०८१, शनिबार
(March 31, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने छन् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने बताएका छन् । गएराति संसारभरिका माओवादी प्रवास कमिटीका कार्यकर्ताहरूलाई भर्चुअल रूपमा सम्बोधन उनले प्रवासमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न विदेश स्थित नेपाली दूतावास मार्फत तदारुकताका साथ तयारीको कार्य भई रहेको बताए ।

उनले गैरआवासीय नेपाली सङ्घमा देखिएको समस्या आगामी वैशाख २ गते अदालतको फैसलापछि निर्णय गरिने बताए । हाल देखिएको तीन फरक नेतृत्वको एनआरएनएलाई एक ठाउँमा राखेर सहमति प्रयत्न गर्ने र कथंकदाचित सहमति नभए सरकारले गठन गरेको छानबिन समितिले दिइसकेको प्रतिवेदन अनुसार केही दिनभित्रै टुङ्गोमा पुग्ने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीले विभिन्न मुलुकमा रहेको राहदानी समस्या हल गर्न परराष्ट्र मन्त्रालयमा सधैँका लागि घुम्ती  स्थायी संयन्त्र बनाइएको र बढी समस्या भएका ठाउँमा कन्सुलर नियुक्ति गर्ने बताए ।

प्रधानमन्त्रीले फरक प्रसङ्गमा सरकारले तीन करोड रुपैयाँभन्दा तलका आयोजना ,परियोजना सङ्घीय सरकारले नभै प्रदेश सरकारले निर्णय लिन सक्ने गरी अगाडी जाने तयारी भैसकेको बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले प्रवासमा अब पार्टी र मोर्चा फरक फरक बन्ने  बताइन् ।  प्रवास समिति अध्यक्ष ओम शर्माको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन प्रवास सचिव टिवी पाठकले गरेका थिए ।

प्रकाशित मिति: Mar 31, 2024

प्रतिक्रिया दिनुहोस्