Logo
५ जेष्ठ २०८१, शनिबार
(March 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

आइतबार मन्त्री लामिछानेले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिएका हुन् । मन्त्रालयमा भएको छलफलमा मन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरु गर्न समेत निर्देशन दिएका छन् । सोका लागि विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिने भएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले पनि सो प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति: Mar 17, 2024

प्रतिक्रिया दिनुहोस्