Logo
१५ बैशाख २०८१, शनिबार
(March 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिने बस स्थानीयले जलाए

२८ फागुन, जनकपुरधाम । सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएको बसलाई स्थानीयले जलाइदिएका छन् ।

मलंगवातर्फ जाँदै गरेको ग२ख १४४० नम्बरको बसले कविलासी नगरपालिका १० सलेमपुरमा स्थानीय जुगल महतोलाई साढे १० बजेतिर ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर जुगल घाइते भएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका हुन् । आगजनीबाट बसमा पूर्णरुपले क्षति पुगेको हो । महतोको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान गरिरहेको सर्लाहीका प्रहरी उपरीक्षक दयानिधि दहालले बताए ।

प्रकाशित मिति: Mar 11, 2024

प्रतिक्रिया दिनुहोस्