Logo
१५ बैशाख २०८१, शनिबार
(March 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोटेश्वरमा बसले ठक्करबाट घाइते भएका ट्राफिक प्रहरीको मृत्यु

२८ फागुन, काठमाडौं । कोटेश्वरमा बसको ठक्करबाट घाइते ट्राफिक प्रहरीको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरी प्रभाग, कोटेश्वरमा कार्यरत् ट्राफिक प्रहरीका सई टोपबहादुर खत्रीको उपचारका क्रममा अन्नपूर्ण न्यूरो अस्पताल, माइतीघरमा मृत्यु भएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, २० फागुन प्रदेश ३-०१-००५ ख ९७५५ नम्बरको बसले ठक्कर दिँदा खत्री गम्भीर घाइते भएका थिए । उपचारका क्रममा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई ठक्कर दिने बसका चालक नवराज गिरीविरुद्ध सवारी ज्यान सम्बन्धी कसुरमा प्रहरीले मुद्दा चलाएको छ ।

प्रकाशित मिति: Mar 11, 2024

प्रतिक्रिया दिनुहोस्