Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाठकको सबारी दुर्घटना ज्यान गयो, श्रमिक सघद्वारा दुख व्यक्त

नेपाल ट्रेड युनियन कांग्रेसमा आबद्ध नेपाल अटो रिक्सा, इ रिक्सा तथा ठेला सम्बद्ध श्रमिक सघका निर्वतमान अध्यक्ष प्रकाश पाठकको सबारी दुर्घटनामा ज्यान गएको छ ।

हालै भैरहबाबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको थियो । सोही बसमा सवार पाठक अन्य यात्रुहरुसँगै नदीमा बेपत्ता भएका थिए । आज प्रहरीको गोताखोरले खोजी गर्दा उनको शब नदीमा भेटिएको छ ।

पाठकको निधनप्रति संघका अध्यक्ष खिलनाथ बस्नेतले दुख व्यक्त गरेका छन । उनले आज साँझ शोक वक्तव्य जारी गरेर पाठकको निधनले नेपाल अटो रिक्सा, इ रिक्सा तथा ठेला सम्बद्ध श्रमिक सघलाई ठुलो क्षति पुगेको बताएका छन ।

मृतक पाठकले देखेका सपनाहरुलाई पु्रा गर्न संघ प्रतिबद्ध रहेको बस्नेतद्धारा जारी शोक वक्तव्यमा उल्लेख छ । पाठकले २०५४ सालदेखि २०७४ सम्म संघको नेतृत्व गरेका थिए । उनी सस्थापक अध्यक्ष समेत हुन ।

प्रकाशित मिति: Mar 7, 2024

प्रतिक्रिया दिनुहोस्