Logo
६ बैशाख २०८१, बिहीबार
(March 3, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरमा स्कुल बसको ठक्करबाट महिलाको मृत्यु, अवस्था तनावग्रस्त

जनकपुरमा स्कूल बसले ठक्करबाट एक जनाको मृत्यु र ६ जना घाइते भएपछि अवस्था तनावग्रस्त छ ।

जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा एञ्जल्स बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा ३५ वर्षीया राखी देवी यादवको घटनास्थलमै मृत्यु भएको छ । अन्य ६ जना घाइते छन् ।

स्थानीयबासिन्दाले ठक्कर दिने बस जलाउने प्रयास गरेपछि प्रहरीसँग झडप भएको छ ।

स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेका छन् । त्यसक्रममा करिब आधा दर्जन अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Mar 3, 2024

प्रतिक्रिया दिनुहोस्