Logo
१२ श्रावण २०८१, शनिबार
(March 3, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा देउवा र ओलीसँग प्रचण्डको छुट्टाछुट्टै भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयक (टीआरसी)बारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले दुई नेतासँग छुट्टाछुट्टै छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘टीआरसी विधेयकका बारेमा प्रधानमन्त्रीज्युले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘दुवै नेता टीआरसी सहमतिमै अघि बढाउन सकारात्मक हुनुहुन्छ ।’

उक्त विधेयक संसद्को कानुन समितिमा छ । समितिबाट सहमतिमै विधेयक अघि बढाउने पक्षमा प्रधानमन्त्री छन् । आजै समितिमा यो विधेयकमाथि छलफल हुँदैछ । त्यसअघि प्रधानमन्त्री प्रचण्डले दुई दलका नेतासँग कुराकानी गरेका हुन् । यसअघि नेकपा एमालेले टीआरसी अघि बढाउँदा पीडित मैत्री बन्नुपर्ने भन्दै चार बुँदामा असहमति जनाएको थियो । तर पछिल्लो समय एमाले आफ्नो अडानप्रति केही लचक हुने संकेत देखिएको नेताहरूको भनाई छ ।

प्रकाशित मिति: Mar 3, 2024

प्रतिक्रिया दिनुहोस्