Logo
१५ बैशाख २०८१, शनिबार
(February 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभामा एमालेले भन्यो : बजेटको सिद्धान्त र प्राथमिकता गत वर्षकै कपीपेस्ट

नेकपा एमालेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको विनियोजन विधेकयका प्राथमिकता र सिद्धान्तको पुनर्लेखन जरुरी रहेको बताएको छ ।

बिहीबार राष्ट्रिय सभा बैठकमा एमाले राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहालले सरकारको प्राथमिकता र सिद्धान्त कर्मकाण्डी तथा लक्ष्यविहीन रहेकाले पुनर्लेखन गर्नुपर्ने बताएका हुन् ।

सरकारले प्रस्तुत गरेको प्राथमिकता र सिद्धान्तका आधारमा बजेट ल्याउने हो भने अर्थतन्त्रका कुनै पनि समस्या समाधान गर्न नसकिने भन्दै उनले अर्थमन्त्रीले गतवर्षकै प्राथमिकता र सिद्धान्त ‘कपी–पेष्ट’ गरेको टिप्पणी गरे ।

अहिलेको सरकार गतिहीन र लक्ष्यहीन भइसकेकाले देश र अर्थतन्त्रका समस्या समाधान गर्ने तर्फ केही आशा गर्नु पनि बेकार हुने नेता दाहालको भनाइ थियो ।

अहिलेको सरकारकै कारण अर्थतन्त्र थप कमजोर हुँदै गएको भन्दै नेता दाहालले मिटरव्याजी–लुघवित्त–सहकारी क्षेत्रको समस्या जटिल हुँदा समेत सरकार मुकदर्शक मात्र बनेको दाबी गरे ।

राष्ट्रियसभामा बजेटको प्राथमिकता र सिद्धान्तबारे छलफलका क्रममा एमालेका प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठले विभागीय मन्त्रीको उपस्थिति बिना आगामी आर्थिक वर्षको बिनियोजन विधेकयका प्राथमिकता र सिद्धान्तको छलफल अघि नबढाउन सभाअध्यक्ष समक्ष माग गरेका थिए ।

श्रेष्ठको माग पछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विषय वस्तुको छलफलमा सम्वन्धित मन्त्री उपस्थित हुनु राम्रो भए पनि कानुनी रुपमा बाध्यकारी नभएको बताउँदै छलफल अघि बढाएका थिए ।

प्रकाशित मिति: Feb 29, 2024

प्रतिक्रिया दिनुहोस्